काठमाडौं/३० असार
सरकारले पर्याप्त अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न नसक्दा मलेसियामा ५२ शव अड्किएका छन् । ती शवलाई लामो समयदेखि घर पठाउन नसकिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
मलेसियामा औसत तीन दिनमा दुई जनाको हाराहारीमा मृत्यु हुने गरेको नेपाली राजदूतावासका श्रम काउन्सलर दीपक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पर्याप्त हवाई उडान हुन नसक्दा शव घर पठाउन समस्या हुँदै आएको छ ।
ढकालका अनुसार वाइड बडी जहाजको उडान हुने हो भने एकैचोटी २०/२५ वटा शव ढुवानी गर्न मिल्छ । तर, न्यारो बडीको जहाजले दुई तीन वटाभन्दा बढी शव बोक्दैन ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments