काठमाडौं/२८ असार
इंग्ल्यान्डलाई टाइब्रेकरमा ३–२ ले हराउँदै इटालीले युरो–२०२० को उपाधि जितेको छ । लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल खेल अतिरिक्त समयमा १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा गएको थियो ।
इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले पेनाल्टीमा २ वटा प्रहार बचाएका थिए । तर इंग्ल्यान्डका तीन जना खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका थिए । इंग्ल्यान्डका लागि पेनाल्टीमा कप्तान ह्यारी केन र ह्यारी मग्वायरले गोल गरेका थिए ।
तर मार्कस रसफोर्ड, जेडन सान्चो र बुकायो साका पेनाल्टीमा चुकेपछि लामो समयपछि ठूलो प्रतियोगिताको उपाधि जित्ने इंग्ल्यान्डको योजनामा धक्का पुगेको हो । रसफोर्डको प्रहार पोलमा ठोक्किएको थियो भने सान्चो र साकाको प्रहार इटालीका गोलरक्षक डोनारुमाले रोकेका थिए ।
त्यस्तै इटालीका बेलोटी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलरक्षक पिकफोर्डले बचाएका थिए । इटालीका लागि फेडेरिक बेर्नार्डेस्की, बोनुची र बेर्राडीले गोल गरेका थिए ।
यसअघि खेलको दोस्रो मिनेटमै इंग्ल्यान्डले ल्युक शको गोलमा अग्रता लिएको थियो । इटालीका लागि खेलको ६७औं मिनेटमा लिओनार्दो बोनुचीले बराबरी गोल गरेका थिए ।
इटालीले सन् १९६८ पछि पहिलो पटक युरो कपको उपाधि जितेको हो । इंग्ल्यान्डले भने सन् १९६६ मा विश्वकपको उपाधि जितेयता कुनै पनि ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।
पेनाल्टीमा स्पेनलाई ४-२ ले हराउँदै इटाली फाइनलमा प्रवेश गरेको थियो ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments