थाहानगर/२७ असार
आज असार २७ गतेदेखि मकवानपुरमा सार्वजनिक यातायात संचालनमा आएको छ ।
मकवानपुर जिल्लाभित्र यातायात संचालनमा आएको नारायणी यातायात व्यवसायी संघ प्रा.लि.ले जनाएको छ ।
मकवानपुरको उत्तरी क्षेत्र थाहानगरबाट आइतबार विहान ६ बजे हेटौंडाका लागि बस छुटेको छ । पहिलो दिन भएकोले विहान ६ बजे शिखरकोटबाट हेटौंडाको रुटमा ८/९ जना यात्रु बोकेर गएको छ । तर, हेटौंडाबाट पालुङका लागि भने कुनै पनि बस चल्न सकेन ।
बसमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाइएको बताइएको छ । सामान्य समयमा पालुङबाट हेटौंडाका लागि विहान ६, ७, ८, ९, ११, १२ र १ बजे बस जाने गरेको थियो । हेटौंडाबाट पालुङका लागि विहान ७, ८, ९:३०, ११, १२, १ र २ बजे बस संचालनमा थियो ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments