रौतहट/२६ असार
रौतहटमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । रौतहटको राजपुर नगरपालिकाका ३ का ओसी महमदका १४ वर्षीय छोरा रिजमाद महदको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
रिजमादलाई दाँतले टोकेर पानी चलाउने मोटरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजपुरका प्रमुख सई सुरेश गुप्ताले जानकारी दिनुभयो ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको ईलाका प्रहरी कार्यालय राजपुरले जानकारी दिएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments