थाहानगर/२४ असार
मकवानपुर प्रहरीले गए साँझ गाजासहित पिकअप भ्यान र दुई जना मानिसलाई पक्राउ गरेको छ ।
असार २३ गते बेलुकी ७:५० बजेको समयमा प्रहरी चौकी रोतोमाटेले पूर्व पश्चिम सडक खण्डस्थित हेटौंडा १५, पिपल चौतारामा ५७ किलो ९ सय ग्राम गाजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ ।
चितवनबाट बारातर्फ जाँदै गरेको ना ४ च ५०१५ नम्बरको पिकअप भ्यानको पछाडिको भागमा फल्स बटम बनाई लुकाइ छिपाई लगिरहेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
गाडी चालक जिल्ला चितवन राप्ती नगरपालिका ६ बस्ने वर्ष २६ को संजय चौधरी र सोही गाडीमा सवार सोहि ठेगाना हुने वर्ष ४८ को लालजी साहलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments