थाहानगर/२४ असार
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणसहित एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
आज विहान पौने ३ बजे हेटौंडा ५ रिलायन्स बोडिङ अगाडि एक सय बीस किलो ९ सय ग्राम गाजासहित पिकअप भ्यान नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले बताएको छ ।
ड्युटीमा रहेको प्रहरी भ्यान देखेर चाकल भागेपछि प्रहरीले सो भ्यान खानतलासी गरेको थियो । प्र ३-०१-०२२ च ७२३७ नम्बरको भ्यानमा सो परिमाणमा गाजा बरामद गरिएको हो । फरार चालकको खोजतलास गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments