थाहानगर/२२ असार
थाहानगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको सोमबार बसेको बैठकले थाहानगरका विभिन्न नौ वटा टोलहरुलाई "कोभिड जोखिम" टोलको रुपमा सुचिकृत गरेपछि सचेतना कार्यक्रमलाई तिब्रता दिइएको छ । सोही क्रममा थाहा नगरपालिका १ कुन्छालमा पुन: टोलस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण समिति गठन गरिएको छ ।
मङ्गलबार रुपचन्द्र गोपाली संयोजक रहेको पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा निराजन गोपाली, धर्मेन्द्र गोपाली, निर्मल गोपाली र रुपचन्द्र गोपाली सदस्य छानिनु भएको छ । समितिले संक्रमितहरुलाई निगरानी गर्दै कोरोना न्यूनिकरणका लागि आवश्यक कार्य गर्न भनिएको छ ।
आज (मङ्गलबार) कुन्छालमा थाहानगरका मेयर लवशेर विष्ट, वडाध्यक्ष हेरमान गोपाली, नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिका सदस्यहरु सुरेन्द्रमान प्रधान, इन्द्रबहादुर श्रेष्ठ, भरत गोपाली, प्रहरी निरीक्षक श्रीराम तिमल्सिनालगायतको उपस्थिति थियो ।
जनचेतनामूलक कार्यक्रम तथा समिति गठन गर्ने अभियान अन्तर्गत ६ नम्बर वडामा पर्याप्त संख्यामा स्थानीयको उपस्थिति नभएपछि भोलि बुधबार वडाध्यक्ष कै सकृयतामा समिति गठन गरि आवश्यक कार्य गर्न सुझाव दिइएको छ ।
यसअघि सोमबार बसेको निर्देशन समितिको बैठकले थाहा नगरपालिका वडा नम्बर १ को कुन्छाल, २ को पालुङ र भाङखोरिया, ३ को घर्तिखोला, ५ को तसर र फुर्के, ६ को सरस्वती बजार र ढल्ट, ११ को नौखण्डे र १२ को तारुका गाउँलाई जोखिम क्षेत्रको रुपमा सुचिकृत गरिएको थियो ।
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments