Byroad News

Loading...

थाहानगरलाई विपद व्यवस्थापनका लागि करिव ५ लाख बराबरका सामग्री सहयोग


थाहानगरलाई विपद व्यवस्थापनका लागि करिव ५ लाख बराबरका सामग्री सहयोग

थाहानगर/२२ असार
नेपाल पानी सदुपयोग फाउन्डेसन काठमाडौंले थाहा नगरपालिकाका लागि करिव ५ लाख रुपियाँ बराबरको विपद व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु सहयोग गरिएको छ । 

मंगलबार मेयर लवशेर विष्टलाई फाउन्डेसनका थाहानगर संयोजक प्रमोद जोशीले ती सामग्रीहरु हस्तान्तारण गर्नु भएको हो । 

फाउन्डेसनले विपदका लागि प्रयोग गरिने डोरी २ थान, करौति १२ थान, पिक १२ थान, सावेल १२ थान, लाइफ ज्याकेट १२ वटा, हेलमेट १२ वटा, हुक सेट १२ वटा, कम्मर हुक ४ थान, स्ट्रेचर १० थान, गमबुट १२ जोर, गल १२ वटा, हम्मर ६ वटा, २४ फिटको भर्‍याङ ६ थान, बाढीमा प्रयोग गरिने ट्युव (फ्लोसन ट्युव) ६ थान, फलामको बाल्टिन ६ वटा, पाल २० थान, बञ्चरो ६ वटा, नाप टेप ६ थान र नाइलन डोरी ६ थान सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग उपलब्ध गराइएका सामग्रीहरु प्राकृतिक विपद, आगलागी, भुकम्प तथा बाढीपहिरोका लागि तत्काल उद्धार कार्यमा प्रयोग गर्न सकिने बताउनु हुँदै मानवीय सेवामा समर्पित संस्था प्रति मेयर विष्टले धन्यबाद् व्यक्त गर्नुभयो । 
 

Comments

KATHMANDU WEATHER