काठमाडौं/२२ असार
म्याद सकिएको डेबिट कार्ड प्रयोग गरी सिद्धार्थ बैंकको एटीएमबाट पैसा निकाल्ने दुई जना पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौँको भत्केको पुल डेरा गरी बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भएकी ३० वर्षीया सावित्री गुरुङलाई पक्राउ गरेको हो ।
उहाँहरुको साथबाट प्रहरीले २१ लाख रुपियाँ र म्याद सकिएकाे डेबिट कार्ड बरामद गरेको छ ।
उहाँहरूले म्याद सकिएको एटीएम कार्डबाट चाबहिल, कालोपुल, हात्तीसार भाटभटेनी इलाकामा रहेको एटीएम मेसिनबाट ३४ लाख ३५ हजार रुपियाँ निकालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निकालिएकोमध्ये १० लाख ५० हजार सहकारीमा राखेको खुलेको छ ।
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments