Byroad News

Loading...

नेप्सेमा ११.७८ अंकको गिरावट


नेप्सेमा ११.७८ अंकको गिरावट

काठमाडौं/२१ असार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ११.७८ अंकले घटेर दुई हजार आठ सय २२ दशमलब ७४ विन्दुमा थामिएको हो ।  

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ४ अर्ब ५८ करोड २२ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा २९ वटा कम्पनीले कमाए भने १५३ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी र हिमालयन डिस्ट्रलरी रहेका छन् । 

त्यस्तै, आज गुँरास फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । 

Comments

KATHMANDU WEATHER