Byroad News

Loading...

शेयर बजारका कारण भारतका अर्बपतिको सम्पत्ति भारी गिरावट


शेयर बजारका कारण भारतका अर्बपतिको सम्पत्ति भारी गिरावट

एजेन्सी । भारतीय अर्बपतिको सम्पत्ति दैनिक करोडौं घटिरहेको छ । गएको  तीन हप्तामा भारतका अर्बपति अदानी समूहको लगानीकर्ताहरूले २.३४  लाख करोडको घाटा भएको छ । 

अदानी समूहको स्टाकमा सूचिकृत ६ कम्पनीहरुको बजार क्यापमा यति गिरावट आएको हो ।  जून ११ सम्म कुल बजार क्याप ९४२८९५ करोड रहेकोमा शुक्रबारसम्म यो ७०८,२१५ करोड भारुमा झरेको छ । अदानी समूहको २३४,६८० करोड भारु घाटा भएको छ ।

वास्तवमा गत महिना अदानी समूहका कम्पनीहरूमा विदेशी लगानी सरकारले प्रतिवन्ध लगाएको समाचार आएको थियो । त्यस बेलादेखि समूह समूहको शेयर लगातार गिरावट आएको छ । यसमा सबैभन्दा ठूलो गिरावट अदानी टोटल ग्यास र अदानी ट्रान्समिशनको शेयरमा आएको छ । ट्रान्समिशनको सेयर १६४७ बाट घटेर ९५९ रुपियाँमा आएको छ । यो ४१.७७ प्रतिशतले घटेको छ । अदानी टोटल ग्यासको शेयर १६८० बाट घटेर ९२० रुपियाँ पुगेको छ। यो ४५.२३ प्रतिशतले घटेको छ ।

त्यस्तै अदानी एन्टरप्राइजेजको शेयर पनि १७१८ देखि १४२२ रुपियाँमा झरेको छ । पोर्ट कम्पनीको शेयर ९०१ बाट ७१० सम्ममा आएको छ । अदानी ग्रीन एनर्जीको शेयर १३९४ बाट घटेर १००८ पुगेको छ । अदानी पावरको शेयर ३४.७३ प्रतिशतसम्म घटेको छ ।

Comments

KATHMANDU WEATHER