काठमाडौं/२० असार
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था र सांग्रिला डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
मिर्मिरे लघुवित्तले ९ दशमलव १९९८ प्रतिशत बोनस शेयर वापतको ३ लाख ६४ हजार ४४८ दशमलव ३५ कित्ता र सांग्रिला डेभलपमेण्ट बैंकले ५ प्रतिशत बोनस शेयर वापतको १३ लाख ३ हजार ३२० दशमलव २० कित्ता शेयर सूचीकृत गराएका हुन् ।
सोमबारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments