भक्तपुर/१८ असार
आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।
चाँगुनारायण नगरपालिका ८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments