थाहानगर/१८ असार
थाहा नगरपालिका ९ चित्लाङमा आज विहान मृत अवस्थामा एक पुरुष भेटिएका छन् ।
अन्दाजी ३६/३७ वर्षीय पुरुष कदम नामको रहेको बताइएको छ । तामाङ समुदायका उनको शव चित्लाङ खोलामा विहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
केही दिनदेखि मानसिक सन्तुलन गुमाएका उनलाई राती खोलाले बगाएको अनुमान गरिएको छ । घरबाट कतिबेला निस्किए भन्ने समेत खुलेको छैन । थप अनुसन्धानका लागि पालुङबाट प्रहरी टोली घटना स्थलतर्फ गईसकेको छ ।
Featured News
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments