काठमाडौं/१६ असार
इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–७ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मी रहनु भएको छ ।
उहाँले रामेछाप उमाकुण्ड गाउँपालिका–३ का सौगात सुनुवार लगायत तीन जनालाई वर्किङ भिषामा इटाली पठाइदिने प्रलोभनमा पारी प्रतिव्यक्ति १० लाख ५० हजार रुपियाँको दरले ३१ लाख ५० हजार रुपियाँ लिएर ठगी गरेको अभियोग लागेको छ ।
इटाली पठाइदिने भनेर रकम लिई तीनै जनालाई अजरबैजानसम्म पुर्याएर बिचल्ली बनाएर फरार भएका उमेशलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो ।
उहाँले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा युरोपेली मुलुकमा पठाइदिन्छु भन्दै प्रलोभनमा पारी एक करोड रुपियाँ भन्दा बढी रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
-
5 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments