काठमाडौं/९ असार
शेयर बजार परिसूचक नेप्सेमा पुनः ५१.६५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज (बुधबार) नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२.१८ विन्दुमा झरेको हो ।
जबकी गत मंगलबार मात्र करिब हप्ता दिन लामो गिरावट पछि करिब ७९ अंकको वृद्धि हुँदै शेयर बजार २९१३.२९ मा उक्लिएको थियो । तर, बुधबार पुन शेयर बजार ५१ अंक माथिले गिरावट आएको छ ।
त्यसो त यस दिन नेप्से परिसूचकमा उच्च अंकको गिरावट आइरहँदा यता कारोबार रकममा समेत निकै ठूलो संकुचन आएको छ ।
नेप्सेका अनुसार आज कुल २१८ कम्पनीका १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर ९१ हजार ७५ पटक किनबेच हुँदा जम्मा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ रुपियाँको मात्र कारोबार भएको छ । गत मंगलबार १० अर्ब २८ करोड माथिको कारोबार भएको थियो ।
यस दिन नेप्सेमा सूचीकृत सबै समूहहरु ऋणात्मक भएका छन् ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments