सुरेन्द्रमान प्रधान/५ असार
मकवानपुरको थाहानगरमा शनिबारसम्म उत्साहजनक ढंगले निको हुनेको संख्या बढेको छ । शनिबार आएको पीसीआर रिपोर्ट अनुसार १४९ जना निको भई कुल निको हुनेको संख्या २९१ जना पुगेको छ ।
यो यस वर्षकै एकै दिन आएको रिपोर्टमा सर्वाधिक हो । आज (शनिबार) थपिएका ६ जना संक्रमित सहित अब कुल सक्रिय संक्रमितको संख्या ४६० जना छन् ।
शनिबारसम्म कुल १६४१ जनामा कोरोना परिक्षण गरिएकोमा ७५८ जनामा संक्रमण पुष्टि भैसकेको थियो । तीमध्ये ७ जनाको मृत्यु भएको छ ।
बज्रबाराही आइसोलेसनमा १२ जना छनभने २३ जनाको थाहानगर बाहिर विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
तस्वीर: सांकेतिक
वडागत विस्तृत विवरण
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments