Byroad News

Loading...

बाढीले हेलम्बुमा रहेको सेना, सशस्त्रको क्याम्प र नेपाल प्रहरीको चौकी बगायो


बाढीले हेलम्बुमा रहेको सेना, सशस्त्रको क्याम्प र नेपाल प्रहरीको चौकी बगायो

हेलम्बु/१ असार                                            लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले जनधनको क्षति गरेको आशंका गरिएको छ। 

मंगलबार साँझ मेलम्ची नदीमा बाढी आएको र त्यसले जनधन क्षति गरेको अधिकारीहरूले बताएका छन्। 

उनीहरूका अनुसार साँझ सात बजे मेलम्ची नदीमा बाढी आएको हो। नदीको माथिल्लो भागमा पहिरो खसेको र पहिरो खुल्दा नदीमा पानीको बहाव बढेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनु भयो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीका अनुसार मेलम्ची नदीमा आएको बाढीले  त्यहाँको जनधनको क्षति गरेको छ।

उहाँका अनुसार हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बाढीले बगाएको छ।

‘हताहत भएको भन्ने छ, तर यही अवस्था छ भनेर बुझ्न पाइएको छैन,’ प्रजिअ अरूण पोखरेललाई उदृत गर्दै सेतोपाटीले खबर लेखेको छ । उहाँका अनुसार मेलम्ची नगरपालिकाका केही स्थानमा बाढी पसेको छ। 

‘त्यहाँ बसोबास रहेको केही स्थानीयको क्षेत्रमा बाढी पसेको बुझिएको छ,’ पोखरेलले भन्नुभयो, ‘नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको क्याम्प पनि बगाएको कुरा आएको छ।’

हताहतीको शंका गरिए पनि अहिले विवरण प्राप्त नभएको सिडिओ पोखरेलले बताउनु भयो।

Comments

KATHMANDU WEATHER