Byroad News

Loading...

मकवानपुरमा आजबाट खुकुलो हुँदै निषेधज्ञा एक हप्ता थपियो, बैंक तथा सहकारी दैनिक खुल्ने


मकवानपुरमा आजबाट खुकुलो हुँदै निषेधज्ञा एक हप्ता थपियो, बैंक तथा सहकारी दैनिक खुल्ने

थाहानगर/१ असार 
मकवानपुरमा आजबाट खुकुलो हुँदै थप १ हप्ता निषेधज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनजीवन सहज बनाउन खुकुलो पार्दै एक हप्ता निषेधाज्ञा थपेको हो । 

थपिएको निषेधाज्ञामा यसअघि पुरै बन्द रहेको सहकारी क्षेत्र बजारमा संकलनको कार्य नगरी दैनिक १० बजेदेखि २ बजेसम्म कार्यालय खोल्न पाउने छन् । यसैगरी हप्ताको ३ दिन मात्र खोल्ने अनुमती पाएको बैंकहरु अब हरेक दिन खुल्ने छन् । तर बैंक, सहकारी तथा सेवाग्राही सबैले स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गर्नु पर्नेछ ।

यसअघि विहान ९ बजेसम्म मात्र खुल्ला गरिएका खाद्यान्न, तरकारी, फलफुल, दुग्धजन्य पसलहरु बिहान १० बजेसम्म सञ्चालन गर्न दिइने छ । यो बाहेक स्टेस्नरी, मोवाइल, अटो, मोटरसाईकल मर्मत सेन्टर पनि बिहान १० बजेसम्म सञ्चालन गर्न पाउने छ । सार्वजनिक यातायात भने अझै पूर्ण रुपमा बन्द नै छ । 

Comments

KATHMANDU WEATHER