Byroad News

Loading...

शेयर बजारमा नयाँ रेकर्ड : परिसूचक तीन हजार नजिक, एकै दिन साँढे १९ अर्बको कारोबार


शेयर बजारमा नयाँ रेकर्ड : परिसूचक तीन हजार नजिक, एकै दिन साँढे १९ अर्बको कारोबार

काठमाडौं/३० जेठ 
साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक, नेप्से ३८.३२ अंकले बढेको छ। बढेको बजार २९८३.११ विन्दुमा पुगेको छ।

आज २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार कित्ता शेयर खरिद विक्री हुँदा १९ अर्ब ५५ करोड १ लाख रुपियाँ  बराबरको कारोबार भएको छ । यो रकम नेप्सेमा एकैदिन कारोबार भएको हालसम्मकै उच्च हो।

आज कारोबारमा १२७ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८८ वटा कम्पनीको मूल्य घटेको छभने ५ कम्पनीको शेयर मूल्य स्थिर छ।

आइतबार बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र उत्पादन समूहमा लगानीकर्ताको उत्साह देखिएको छ।

आइतबार श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, कर्णाली विकास बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ।

Comments

KATHMANDU WEATHER