थाहानगर/२८ जेठ
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कसैलाई पनि आफूखुसी राहत वितरण नगर्न अनुरोध गरेको छ ।
प्रशासन कार्यालयले शुक्रबार एक विज्ञप्ति निकाली ‘कोभिड—१९ बाट संक्रमित एवं प्रभावित परिवारहरुलाई राहत सामग्री वितरण गर्ने सम्बन्धमा कतिपय व्यक्ति तथा संघसंस्थाले सम्बन्धित निकायबाट अनुमति नै नलिई राहत सामग्री वितरण गरेको/गरिरहेको सूचना एवं गुनासो यस कार्यालयमा प्राप्त हुन आएको सन्दर्भमा राहत सामग्री वितरण गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाले सम्बन्धित स्थानीय तह वा जिल्ला कोभिड व्यवस्थापन समिति, मकवानपुरबाट अुनमति लिई मात्र राहत वितरणको कार्य गर्न गराउन हुन अनुरोध गरिन्छ ।’
प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाद्वारा जारी विज्ञप्तिमा अनुमति विना राहत विरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम कार्बाही गरिने चेतावनी समेत दिइएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments