हेटौंडा/२७ जेठ
कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ९ की २२ वर्षीया महिला रहेकी छिन् । उनको गएराति हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । महिलामा जेठ १९ गते कोरोना पुष्टि भएको र सोहि दिन हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।
योसंगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ९ पुगेको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments