बीबीसी/२६ जेठ
दक्षिण अफ्रिकाकी एक महिलाले एकै समयमा १० जना बच्चा जन्माएकी छन् । यो संसारकै नयाँ विश्व रेकर्ड हुनसक्ने बीबीसीले जनाएको छ ।
३७ वर्षीया गोसियामे थमरा नामकी महिलाले एकै पटक १० बच्चा जन्माएकी हुन् । त्यसमा सात जना बालक र तीन जना बालिका छन् । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
यसअघि सन् २००९ मा अमेरिकाकी एक महिलाले एकै पटक ८ बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेकी थिइन् ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments