हेटौंडा/२६ जेठ
मकवानपुरको बकैया गाउँपालिकामा मङ्गलबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको हो ।
मृत्यु हुनेमा बकैया ५ का ६० वर्षीय जगत बहादुर माझी रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
सिमात खोलाबाट घरको ट्याङकीमा पानी तान्ने क्रममा करेन्ट लागेर माझीको घटनास्थलमै मृत्यु भएको हो ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments