हेटौंडा/२६ जेठ
देशभर आजबाट सुरु भएको कोभिड-१९ विरुद्धको खोप हेटौंडा उपमहानगरपालिकामा भने आकस्मिक रुपले रोकिएको छ ।
उपमहानगरभित्रका ६२ वर्षदेखि ६४ वर्ष उमेरका नागरिकलाई भेरोसेल खोप लगाउने कार्यक्रम देशभर सञ्चालन भइरहँदा हेटौंडामा रोकिएको हो । बिहान १० बजेबाट खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको अवस्थामा मेयर हरिबोल महतले तत्काललाई खोप अभियान रोक्न निर्देशन दिनु भएको हो ।
हेटौंडाका १९ वटै वडामा खोपका लागि टोली परिचालन भैसकेपछि मेयर महतको आदेशमा खोप लगाउन रोकिएपछि स्वास्थ्यकर्मी, लक्षित वर्ग र वडाध्यक्षहरु पनि अन्योलमा परेका छन्।
हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले अर्को व्यवस्था नभएसम्मका लागि खोप अभियान रोक्नु भन्ने जानकारी आएको तर किन अकस्मात रोक्ने आदेश आयो भन्ने विषयमा चाहिँ थाहा नभएको बताउनु भयो । हेटौंडामा ३ हजार १ सय खोप आवश्यक छ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments