थाहानगर/२३ जेठ
मकवानपुर प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ दोहनमा प्रयोग गरिएका सवारी साधनहरु नियन्त्रणमा लिई कार्बाहीका लागि पठाइएको छ ।
उत्खनन्मा प्रयोग गरिएका एउटा स्काभेटर, एउटा जेसिवि, ३ वटा ट्रिपर र बैशाखदेखि हालसम्म ४६ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अबैध रुपले नदिजन्य पदार्थहरु ढुङ्गा, गिटी, बालुवा, ग्राबेल दोहन, उत्खनन् भइरहेको सूचनाका आधारमा प्रहरीले आइतबार ती सवारीसाधनहरु नियन्त्रणमा लिइएको हो ।

प्रहरीले हेटौंडा बस्तिपुरस्थित राप्ती खोला तथा विभिन्न क्षेत्रहरुबाट नियन्त्रणमा लिइएका सवारीसाधनहरुलाई कार्बाहीका लागि जिल्ला समन्वय समिति र स्थानीय पालिकाहरुमा पठाइएको जिप्रका मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments