Byroad News

Loading...

साल्ट ट्रेडिङले खाद्यान्न र ग्याँसको सस्तो मूल्य सार्वजनिक गर्यो


साल्ट ट्रेडिङले खाद्यान्न र ग्याँसको सस्तो मूल्य सार्वजनिक गर्यो

काठमाडौं/२० जेठ 
साल्ट ट्रेड्रिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्याँस सस्तो मूल्यमा बिक्री गर्ने भन्दै मूल्यसूची सार्वजनिक गरेको छ । 

सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको पाँच दिनपछि साल्ट ट्रेडिङले आफूले बिक्री गर्ने खाद्य सामग्री र मूल्य सार्वजनिक गरेको हो ।

जस अनुसार बजारमा प्रतिकिलो ९५ रुपियाँ पर्ने चिनीको मूल्य ६३ रुपियाँ २० पैसा तोकिएको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य १ हजार १ सय २० रुपियाँ तोकिएको कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले जानकारी दिनुभयो ।

त्यस्तै पीठो प्रतिकिलो ४४ रुपियाँ, नून प्रतिकिलो १६, भटमासको तेल प्रतिलिटर १ सय ८८ रुपैयाँमा बिक्री गरिने छ ।

पाँच जनाको परिवारले एक महिनामा दुइ किलो पीठो, दुइ किलो चिनी, दुइ किलो नून, एक लिटर भटमासको तेल र एक सिलिण्डर खाना पकाउने ग्याँस मात्र किन्न पाउने छ । साल्ट ट्रेडिङबाट छुट मूल्यमा सामान किन्न व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

काठमाडौंमा सर्वसाधारणले साल्ट ट्रेडिङको सतुंगल, कालीमाटी, कोटेश्वर, भक्तपुरबाट छुट मूल्यमा सामान पाउनेछन् । त्यस्तै काठमाडौंबाहिर बनेपा र धनगढीबाट खाद्य सामग्री छुट मूल्यमा बिक्री गर्ने साल्ट ट्रेडिङले जनाएको छ । खाना पकाउने ग्याँस भने काठमाडौं उपत्यकामा मात्र बिक्री हुनेछ ।

Comments

KATHMANDU WEATHER