Byroad News

Loading...

कोभिडको खर्च विवरण सार्वजनिक गर्ने तयारी


कोभिडको खर्च विवरण सार्वजनिक गर्ने तयारी

बाइरोड/थाहानगर/१७ जेठ 
          कोरोनाको दोस्रो भेरियन्टका क्रममा थाहानगरमा भए गरेका खर्च विवरण केहि दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
         १६ जेठसम्म ५ सय ३६ जनामा संक्रमण पुष्टि भैसकेको थाहा नगरमा केही दिनपछि दैनिक रुपले कोभिडमा भए गरेका खर्च विवरण समेत सार्वजनिक गर्ने तयारी गरिरहेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बाइरोडलाई बताउनु भयो । बलामीका अनुसार नगरपालिकाको वेबसाईट www.thahamun.gov.np मार्फत गत वर्ष जस्तै दैनिक रुपले खर्च विवरण सार्वजनिक गर्ने तयारीमा रहेको छ ।
          हाल दैनिक रुपले न्यूनतम ४/५ सेट पिपिई सेट, एन्टिजेन, भिटिएम, सेनिटाइजर, मास्क, फेस शिल्ड, पन्जा, साबुन, अक्सिजन लगायतका स्वास्थ्य सामग्री खर्च हुने गरेको स्वास्थ्य शाखा प्रमुख बलामीले बताउनु भयो । हाल नगर आफैले खरिद गरेका र विभिन्न निकायहरुबाट नगरमा प्राप्त स्वास्थ्य सामाग्रीहरु अग्र पङ्क्तिमा खटिने क्षेत्रहरुमा खर्चिने गरेको बलामीले बताउनु भयो । बलामीका अनुसार हालसम्म सबै वडा कार्यालय, वडा स्तरमा गठित समिति, प्रहरी, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुका वितरण गरिदै आएको छ । 
           हाल प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, स्वास्थ्य चौकी बज्रबाराही, टिष्टुङ, चित्लाङ, आग्रा, देउखेल र शहरी स्वास्थ्य केन्द्र दामन र बज्रबाराही आइसोलेसनमा अक्सिजन कन्सर्ट्रेटरहरु उपलब्ध छन् । यसैगरी, प्रास्वाके, बज्रबाराही, टिष्टुङ र आग्रामा अक्सिजन सिलिन्डर उपलब्ध छभने थाहानगरमा रहेमा ६ वटै एम्बुलेन्सहरुमा अक्सिजनको सुबिधा रहेको छ ।
           थाहानगरमा पछिल्लो समय बिपन्न परिवारलाई वडा कार्यालयको सिफारिसमा नि:शुल्क एम्बुलेन्स, औषधिको सुविधा दिदै आएको छभने अन्य कोरोना संक्रमित बिरामी नगरभित्रका स्वास्थ्य संस्थाहरुमा ओसारपसार गर्दा भाडामा आधा छुट दिइदै आएको छ । नगरपालिकाले आइसोलेसनको तयारी, स्वास्थ्यकर्मीहरुलाई थप भत्ता, अक्सिजन, एम्बुलेन्स, औषधि, स्वास्थ्य सामग्रीलगायतमा खर्च गरिदै आएको छ ।
            १६ जेठसम्ममा थाहानगरमा ५ सय ३६ जना संक्रमित भई ५५ जना निको भएका छन् । यो अवधिमा ६ जनाको मृत्यु भएको छभने १७ जनाको नगर बाहिरका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । ८ जना बज्रबाराही आइसोलेसनमा छन् । अन्य ४ सय ५० जना होम आइसोलेसनमा छन् । 
           वडा नम्बर १ मा कुल ८१ जना संक्रमितमध्ये १३ जना निको भैसकेका छन् । २ मा ४६ जना संक्रमितमध्ये २ जना, ३ मा ९९ जना संक्रमितमध्ये १८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । यसैगरि, थाहा ४ मा कूल ४५ जना संक्रमितमध्ये ४ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । ५ नम्बरमा १२ जना संक्रमित भएकोमा १ जनाको मृत्यु, ६ मा ८९ जनामा पोजेटिभ देखिएकोमा १३ जना निको भएका छनभने १ जनाको मृत्यु भएको छ । ७ मा ४६ र ८ मा ५९ जना संक्रमित छन् । ९ नम्बरमा १३ जना संक्रमित भएकोमा १ जना निको भएका छन् । १० नम्बरमा ८ संक्रमितमध्ये २ निको, ११ मा २६ संक्रमितमध्ये २ निको र १२ मा ९ जनामा संक्रमण छ ।

Comments

KATHMANDU WEATHER