Byroad News

Loading...

युवा समाज र मन्दिरद्वारा विद्यालयलाई २ लाख ३० हजार सहयोग


युवा समाज र मन्दिरद्वारा विद्यालयलाई २ लाख ३० हजार सहयोग

थाहानगर/२ पौष

थाहा नगरपालिका ११ स्थित महाङ्काल युवा समाज र महाकाली देवी मन्दिरबाट विद्यालयलाई २ लाख ३० हजार रुपियाँ सहयोग जुटेको छ ।

स्थानीय महाङ्काल आधारभूत विद्यालयमा निजी स्रोतको शिक्षक व्यवस्थापनमा सहयोग पुर्‍याउन सो सहयोग गरिएको हो । युवा समाजका अध्यक्ष सुब्बा गोलेले युवा समाजको तर्फबाट १ लाख ३० हजार र मन्दिरको तर्फबाट १ लाखको चेक हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक सचिन बलले जानकारी दिनुभयो ।

सो 

विद्यालयका अध्यक्ष जित बहादुर गोले, पूर्व अध्यक्ष मान बहादुर मोक्तान, सदस्य सानु गोले, सिर्जनाशिल टाेल विकास समितिका संयोजक बिक्रम गोलेलगायतको सहभागितामा सो चेक हस्तान्तरण गरिएको हो ।

सो विद्यालयमा जम्मा ४ जना शिक्षक  दरबन्दी र १ निमावि अनुदान मात्र रहेकोले विद्यालयमा शिक्षक अपुग छ । सो सहयोगले विद्यालयमा शिक्षक व्यवस्थापनमा टेवा पुगेको प्रअ बलले बताउनु भयो ।

Comments

KATHMANDU WEATHER