थाहानगर/१५ भदौ
थाहा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी नरेन्द्र मोक्तान र देव अर्यालको टिमले हात पारेको छ ।
थाहा नगरपालिका वडा नम्बर ४ क्याम्पाडाँडाको कबर्डहलमा सम्पन्न प्रतियोगितामा जित हातपारेसंगै बिजेताले १० हजारसहित ट्रफी, मेडल हात पारे।
उपबिजेता बन्न सफल संग्राम खत्री र मधुसूदन चौधरीको टिमलेले नगद ७ हजारसहित ट्रफी मेडल हात पारेका छन् । संग्राम खत्री प्रतियोगितामका उत्कृष्ट खेलाडी बन्दै नगद २ हजाउर ५ सयसहित ट्रफी प्राप्त गरेका छन् ।
पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीको अध्यक्षता तथा थाहा नगर खेलकुद विकास समिति संयोजक टिकाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, वडा न ४ का अध्यक्ष नारायण लामा, खेलकुद विकास समिती थाहा नगरका पूर्व संयोजक राजेश केसी, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर, पालुङ जेसीजका पुर्व अध्यक्षहरुको आतिथ्यता थियो ।
थाहा नगरपालिका वडा नम्बर ३ को सहयोगमा भएको प्रतियोगिता पालुङ जेसीजले आयोजना गरेको हो । प्रतियोगिताको समन्वय ब्याडमिन्टन संघ थाहानगर, फरक सोच र शिखर क्लबले गरेको थियो ।
-
3 days ago
विदेशमा अध्ययनका लागि छिटोछरितो गर्दै ग्लोवल
-
-
2 weeks ago
संविधान दिवशमा युवा संघले दीप प्रज्वलन गर्यो
Comments