Byroad News

Loading...

अनेमसंघ थाहा ११ र १२ को अधिवेशन सम्पन्न


अनेमसंघ थाहा ११ र १२ को अधिवेशन सम्पन्न

थाहानगर/१२ भदौ

नेकपा एमाले निकट अखिल नेपाल महिला संघले थाहा नगरपालिका वडा नम्बर ११ र १२ को वडा अधिवेशन भदौ १२ गते सम्पन्न गरेको छ ।

अधिवेशनले वडा नम्बर ११ मा रमिला गोलेको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा ठुलीकान्छी थिङ स्याङ्तान, सचिव जुनेली गोले, उपसचिव रीतामाया तामाङ चुनिनु भएको छ । 

कमिटीको सदस्यहरुमा उर्मिला मोक्तान, उर्मिला थापा मगर, कान्छी थापा मगर, सुनमाया थापा मगर, शान्ती गोले, बुना गोले, सितामाया मोक्तान, सरिता गोले, भिममाया गोले, मिना गोले सर्वसम्मत भएको छ । 

सोममाया बलको सभाध्यक्षता र नेकपा एमाले जिल्ला कमिटी सदस्य  एवम् मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का ईञ्चार्ज शशीधर सुवेदीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जिल्ला सदस्य तथा नगर ईञ्चार्ज बिमल कुमार ढकाल, जिल्ला सदस्य तथा ११ र १२ का इञ्चार्ज सुनिता दोङ, नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, अनेमसंघ थाहा नगर अधिवेशन आयोजक कमिटी संयोजक यसोधा अधिकारी, एमाले नगर उपसचिव सुर्य बहादुर दोङ, अनेमसंघ नगर सचिव जानकी श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

यसैगरी, १२ नम्बर वडा अधिवेशनले सुनिता गोलेको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी पुर्न गठन गरेको छ । 

कमिटीको उपाध्यक्षमा राममाया स्याङ्तान, सचिव मञ्जु स्याङ्तान, उपसचिव राममाया स्याङ्तान चयन भएको छ ।

कमिटीको सदस्यहरुमा सिर्जना स्याङ्तान, सर्मिला स्याङ्तान, सुशिला मगर, शान्ती स्याङ्तान, सुस्मिता स्याङ्तान, सुकुमाया स्याङ्तान, बिनिता वाइबा, सोममाया घले, मनमाया गोले चयन हुनु भएको छ ।

अनेमसंघ थाहा नगरको अधिवेशन भदौ २९ गते हुँदैछ ।

Comments