थाहा नगर/६ भदौ
आउदो भदौ १३ गतेदेखि १५ गतेसम्म थाहा नगर स्तरीय जेसीज कप खुल्ला मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पालुङ जेसीजको आयोजना तथा थाहा नगरपालिका वडा नं. ३ को सहयोगमा थाहा नगर स्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमशः नगद १० हजार, ७ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने बिधागत उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने पालुङ जेसीज अध्यक्ष निरज रायमाझीले बताउनु भयो । प्रतियोगिताको बिजेता टिमले प्राप्त गर्ने नगद पुरस्कार पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष रायमाझीले आफ्नो स्वर्गीय हजुरबुबा रणबहादुर रायमाझीको स्मृतिमा प्रायोजन गर्ने कार्यक्रम संयोजक सुशान्त श्रेष्ठ (च्याङ)ले जानकारी दिनुभयो ।
खेलको माध्यमबाट समाजमा रहेका युवालाई एकताबद्ध गरी समाजको समृद्धि र विकासमा सक्रिय बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष रायमाझीले बताउनु भयो । फरक सोच र थाहा नगर ब्याडमिन्टन संघ र शिखर क्लवको समन्वयमा हुने प्रतियोगितामा सुशान्त श्रेष्ठ (च्याङ) र अनिल बिष्ट, कपिल खत्री र भुवन रायमाझी, नारायण बिष्ट र हरि बिष्ट, देव अर्याल र नरेन्द्र मोक्तान, ईशाक केसी र नरेन्द्र लामा, सुनिल विष्ट र सन्तोष केसीको टिम दर्ता भएको छ ।
त्यस्तै सुवास थापा र समराज पाख्रिन, साङ्गे लामा र कुमार रायमाझी, संग्राम खत्री र मधुसुदन चौधरी, रामचन्द्र कार्की र विमल विष्ट, रोशन गोपाली र घनश्याम श्रेष्ठ, नविन रायमाझी र मनिष तामाङ, कविन्द्र ओड र प्रकाश चौधरीको गरी १३ टिमले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत १३ र १४ गते लिग चरणको खेल हुनेछभने १५ गते शनिबार बिहान ७ बजेदेखि क्वाटरफाईनल खेल, दिउँसो ३ बजेदेखि सेमिफाइनल खेल र साँझ ५ बजे फाईनल खेल हुने ब्याडमिन्टन प्रतियोगितामा कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
-
3 days ago
विदेशमा अध्ययनका लागि छिटोछरितो गर्दै ग्लोवल
-
-
2 weeks ago
संविधान दिवशमा युवा संघले दीप प्रज्वलन गर्यो
Comments