Byroad News

Loading...

एमाले जिल्ला अधिवेशनका लागि को को परे थाहाबाट?


एमाले जिल्ला अधिवेशनका लागि को को परे थाहाबाट?

थाहानगर/७ जेठ

आगामी जेठ १८ र १९ गते हेटौंडामा हुने जिल्ला अधिवेशनका लागि थाहा नगरले प्रतिनिधि टुङ्याएको छ ।

जिल्लाभर एक साथ भएको वडा भेलाहरुबाट प्रतिनिधि चुनिएको हो । थाहाबाट कुल ४६ जना प्रतिनिधि छनौट भएका छन् ।

प्रतिनिधिहरुमा थाहा १ बाट सुरेन्द्रमान प्रधान, धर्म प्रधान, प्रदिप प्रधान, गोबिन्द गोपाली, कल्पना लामिछाने छनिनु भएको छ ।

यसैगरी, २ बाट बिष्णु प्रसाद ढकाल, अच्युतम प्रसाद ढकाल, बिमल कुमार ढकाल, मधुकर श्रेष्ठ, रबिन्द्र नापित, तुलसा विष्ट, सोमे तामाङ रहनु भएको छ ।

थाहा ३ बाट शिवराम थापा, सुजन रायमाझी र लक्ष्मी कार्की, थाहा ४ बाट अच्युत केसी, देबेन्द्र थोकर, चमेली बल, थाहा ५ बाट गणेश बहादुर खड्का, बिमला पाख्रीन, थाहा ६ बाट शशीघर सुवेदी, फणिन्द्र सुवेदी र कल्पना बलामी पर्नु भएको छ ।

यसैगरी थाहा ७ बाट काजिमान थिङ, भरत कार्की, काइलीमाया थिङ, थाहा ८ बाट हेमकुमार थिङ, डम्बर बहादुर लामा, शान्तिमाया वाइबा, थाहा ९ बाट रामकृष्ण बस्नेत, रामकृष्ण कपाली, रमेश बलामी, विजय बलामी, रिता सिं ठकुरी, थाहा १० बाट हरि गोपाली, उत्तम लामिछाने, हरि मगर, शर्मिला बस्नेत, थाहा ११ बाट सुनिता दोङ, देवलाल मोक्तान, धनबहादुर गोले, थाहा १२ बाट युवराज गोले, मानन स्याङ्तान र माइली गोले छनौट हुनु भएको छ । यसैगरी थाहानगरबाट दलित प्रतिनिधिहरुमा अशोक खाती र कोपिला विक चुनिनु भएको छ ।

Comments

KATHMANDU WEATHER