Byroad News

Loading...

एमाले थाहा १२ ले ६ वटा टोल अधिवेशन गर्ने


एमाले थाहा १२ ले ६ वटा टोल अधिवेशन गर्ने

थाहानगर/२२ वैशाख

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर १२ ले ६ वटा टोल कमिटीहरुको अधिवेशन जेठ ५ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

२२ वैशाखमा तारुका डाडामा वडा कमिटी अध्यक्ष राजकुमार मोक्तानको अध्यक्षता एवम् जिल्ला सदस्य युवराज गोलेको प्रमुख आतिथ्यतामा भएको वडा कमिटी बैठकले टोल कमिटीहरुको अधिवेशन गर्न मिति तोकेको हो ।

बैठकले लिति, आदामार- २४ गते,  जगडाडा- २४ गते, मेत्राङ, धुसेनी, झाप्रे- वैशाख २९ गते, दोभान, घलेगाउ, आलामपुर, मानेडाडा- वैशाख २९ गते, गुरुङ गाउ, वसन्त, थासा टोल- वसन्त भञ्ज्याङ वैशाख जेठ ५ गते र सलामपुर, गैरीगाउ, तारुका- जेठ ५ गते टोलअधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।

बैठकले वडा नम्बर १२ को नियमित बैठक २२ गते बस्ने निर्णय गरेको हो ।

बैठकले वडामा भएका समसामयिक विषयहरुमा समेत छलफल भएको छ । बैठकमा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले गाउँमा हुने हरेक सामाजिक र आर्थिक गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।

बैठकमा जिल्ला सदस्य सुनिता दोङ, नगर सचिवालय सदस्य मानबहादुर स्याङ्तान, नगर सदस्य कमल सुनार, खेलकुद महासंघका नगर अध्यक्ष आइते बललगायतको आतिथ्यता थियो ।

Comments

KATHMANDU WEATHER