Byroad News

Loading...

टोल अधिवेशनमा जुट्यो थाहा एमाले


टोल अधिवेशनमा जुट्यो थाहा एमाले

थाहानगर/२१ वैशाख

नेकपा एमाले थाहा नगर कमिटी टोल अधिवेधनमा जुटेको छ । 

१५ वैशाखमा नगर कमिटीले गरेको निर्णय कार्यान्वयन गर्दै वडा कमिटीहरुले टोल अधिवेशनको मिति तय गरेको छ ।

२१ वैशाखमा बसेको २ नम्बर वडा कमिटीको बैठकले साबिक पालुङ गाविस वडा नम्बर ४ र ५ को अधिवेशन वैशाख ३० गते, साविक ३ र ६ को २९ गते, साविक ८ र ९ को २९ गते र साविक ७ को २८ गते अधिवेधन गर्ने निर्णय गरेको वडा कमिटी अध्यक्ष विष्णुहरि थापाले जानकारी दिनुभयो ।

नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यतामा भएको वडा कमिटी बैठकले समसामयिक विषयहरुमा छलफल गरेको छ ।

यसैगरी, २१ वैशाख मै बसेको ३ नम्बर वडा कमिटीको बैठकले पनि टोल कमिटी अधिवेशनको मितिहरु तय गरेको छ ।

वडा कमिटी अध्यक्ष नवराज बर्तौलाको अध्यक्षतामा बसेको बैठकले  शिखरकाेट-गाेपाली गाउँ टाेल कमिटी वैशाख २३ गते, डाँडागाउँको वैशाख २४ गते, वाहुन गाउँ बैशाख २३ गते, स्यालेखाेरिया वैशाख २४ गते र लामचाैर-दम्की वैशाख २५ गते गर्ने निर्णय गरेको छ । अन्य वडाहरुले आफ्नो नियमित बैठकहरुमा वडा अधिवेशनको मिति तय गरेर कार्यान्वयन गरिने नगर सचिव सुजन कुमार रायमाझीले जानकारी दिनुभयो । नगर कमिटीको सर्कुलर अनुसार सबै वडाहरुले नयाँ सदस्यता वितरणको काम समेत गरिरहेको छ । 

Comments

KATHMANDU WEATHER