Byroad News

Loading...

एमाले थाहा नगरले गर्‍यो सचिवालय विस्तार


एमाले थाहा नगरले गर्‍यो सचिवालय विस्तार

थाहानगर/१५ वैशाख 

नेकपा एमाले थाहा नगर कमिटीले सचिवालय विस्तार गर्दै ईञ्चार्जको जिम्मेवारी दिएको छ ।

१५ वैशाखमा सम्पन्न नगर कमिटीको नियमित बैठकले पदाधिकारीहरु, जितबहादुर थोकर, गणेश बहादुर खड्का, यशोदा अधिकारी, काजिमान थिङ, मानबहादुर स्याङ्तान, जीवन बस्नेत र लक्ष्मण बर्तौलासहितको १२ सदस्यीय सचिवालय गठन गरेको हो । एमालेमा कुल कमिटीको २५ प्रतिशतको संख्यामा सचिवालय गठन गर्न सकिने व्यवस्था छ । सो व्यवस्था अनुसार अझै ७ सदस्य थप गर्न सकिने र सो संख्या आगामी बैठकबाट थप गर्ने सहमति भएको नगर सचिव सुजन कुमार रायमाझीले जानकारी दिनुभयो ।

बैठकले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, उपाध्यक्ष हेम कुमार थिङ, सचिव सुजन कुमार रायमाझी, उपसचिवद्वय सुर्यबहादुर दोङ र तुलसा विष्टलाई सम्बन्धित भूगोलको ईञ्चार्ज समेतको जिम्मेवारी तोकेको छ । प्रधान १ नम्बर, विष्ट २ नम्बर, रायमाझी ३ नम्बर, थिङ ८ नम्बर र दोङ ११ नम्बर वडाको थप जिम्मेवारी समेतमा पर्नु भएको हो । ती वडाहरुमा सह-ईञ्चार्जहरुको व्यवस्था रहने बताइएको छ । बैठकले ४ नम्बरको ईञ्चार्जमा जितबहादुर थोकर, ५ मा गणेश बहादुर खड्का, ६ मा यशोदा अधिकारी, ७ मा काजिमान थिङ, १२ मा मानबहादुर स्याङ्तान तोकिनु भएको छ । यसैगरी, अखिल नेपाल किसान महासंघको ईञ्चार्जमा लक्ष्मण बर्तौला र थाहा-काठमाडौं सम्पर्क मञ्च ईञ्चार्जमा जीवन बस्नेत तोकिनु भएको छ ।

नगर अध्यक्ष प्रधानको अध्यक्षता र प्रदेश कमिटी सदस्य नारायण रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले आगामी महिनाका लागि कार्ययोजना समेत निर्माण गरेको छ ।

बैठकमा प्रमुख अतिथि रिजाल, जिल्ला संगठन कमिटी सदस्य एवम् थाहा नगर सह-ईञ्चार्ज शशीधर सुवेदी, जिल्ला संगठन कमिटी सदस्य बिमल कुमार ढकाल, १० नम्बर वडा अध्यक्ष हिराबहादुर गमाल, नगर उपाध्यक्ष हेम कुमार थिङलगायतले मन्तव्य व्यक्त गर्नुभयो । बैठकमा जिल्ला संगठन कमिटी सदस्यहरु हरि गोपाली, शिवराम थापा, बलराम थापा र जिल्ला पर्यटन विभाग सदस्य नवराज कार्कीलगायतको आतिथ्यता थियो ।

Comments

KATHMANDU WEATHER