थाहानगर/१ चैत्र
नेकपा एमाले थाहा नगर ३ नम्बर वडा कमिटीले डाडागाउ-गोरखनाथ सडक ढलानलाई प्राथमिकता दिन विभिन्न निकायमा माग गर्ने निर्णय गरेको छ ।
१ हजार ३ सय मिटर लम्बाई रहेको सो सडक एउटा गाउँ मात्र केन्द्रीत नभई थाहा नगरको धार्मिक पर्यटकीय क्षेत्र गोरखनाथ मन्दिर रहेको क्षेत्र भएको हुँदा सो सडकलाई प्राथमिकता दिन योजना माग गर्ने निर्णय गरेको हो ।
१ चैत्रमा वडा कमिटीका अध्यक्ष नवराज बर्तौलाको अध्यक्षता तथा एमाले जिल्ला सदस्य शीवराम थापाको प्रमुख आतिथ्यतामा बसेको बैठकले आगामी आर्थिक वर्षका लागि डाडागाउ-गोरखनाथ सडक, विकास घर पुनः निर्माण, भुङ्दल-भाङखोरिया मोटरबाटो, घर्तिखोला चेकड्याम, पालुङ सहित्य भवन स्तरोन्नति योजनाहरुलाई प्राथमिकता दिन माग गर्ने निर्णय गरेको छ ।
बैठककै अवसरमा नव निर्वाचित पदाधिकारी स्वागत तथा बधाई कार्यक्रममा नव निर्वाचित नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानमार्फत सो योजना सम्बन्धित निकायहरुमा पठाउन वडा कमिटीले आग्रह गरेको छ । बैठकमा अध्यक्ष प्रधानले माग गरिएका योजनाहरुमध्ये फरक छुट्याएर नगरपालिका, प्रदेश सरकार संघीय सरकारमा पेश गरेर आवश्यक सहकार्य गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । स्वागत तथा बधाई कार्यक्रममा प्रधानले सबै कार्यकर्ताहरु इमान्दारिताका साथ पार्टी निर्माण र गाउँ टोल विकासमा खटिन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमको अवसरमा प्रमुख अतिथि थापा, नगर कमिटीका सचिव सुजन कुमार रायमाझीले आफूहरु नियमित रुपले पार्टी निर्माणमा जुट्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
वडा कमिटीका सुन्दर खत्रीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा वडा कमिटी अध्यक्ष बर्तौलाले आफ्नो कार्यकालमा सबै नागरिकको दु:खसुख बुझेर सम्बन्धित निकायहरुमा पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा नगर अध्यक्ष प्रधान, ३ नम्बर भूगोलबाट नगर कमिटीमा प्रतिनिधित्व गरेका नगर सचिव रायमाझी, सदस्यहरु लक्ष्मण बर्तौला, राजाराम रायमाझी, किशु रायमाझी, बिष्णु बिष्ट, प्रेमबहादुर गोपाली, गोमा कार्की र कमलकुमार खत्रीलाई स्वागत तथा बधाई व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमाले नेता बलराम थापा, रिटर्नी फेडेरेशन नेपाल केन्द्रीय लेखा आयोग सदस्य युवराज बर्तौला, फेडेरेशन नगर अध्यक्ष सुमन रायमाझी, जिल्ला पर्यटन विभाग सदस्य नवराज कार्की, पूर्व वडा कमिटी अध्यक्ष केदार विष्ट, नेपाल उत्पीडित जातिय मुक्ती समाजका नेता केदार परियारलगायतको उपस्थिति थियो ।
-
1 day ago
युवा संघ थाहा नगर संयोजकमा थोकर
-
6 days ago
वार्षिक कार्ययोजना पास गर्यो थाहा एमालेले
-
1 week ago
डबल ब्याडमिन्टनको उपाधी नरेन्द्र र देवलाई
Comments