Byroad News

Loading...

टेलिफिल्म छायांकनले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास


टेलिफिल्म छायांकनले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

थाहानगर/१७ फागुन

निर्देशक प्रभाकर देव शर्माको निर्देशनमा निर्माण हुन लागेको टेलिफिल्म 'नलेखिएको कथाको बिहीबार थाहा नगरपालिकाको डाँडा घरे बा को होमस्टे फाँटबजारमा मुहूर्त गरिएको छ । यस टेलिफिल्मको छायांकनले थाहा नगरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

बिहीबार टेलिफिल्मको शुभमूर्हतको अवसरमा वक्ताहरुले यस्तो विचार व्यक्त गर्नुभएको हो । 

२ नम्बर वडा प्रतिनिधि युवराज विष्टको अध्यक्षतामा भएको शुभमूर्हतको अवसरमा प्रमुख अतिथि थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, वडा नम्बर २ का अध्यक्ष बम बहादुर सिङ्तान, थाहा फिल्म फेस्टिभलका संयोजक प्रमोदकृष्ण जोशी, थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान, बलिदान लामा लगायतले शुभकामना दिदै थाहानगरलाई फिल्म छायांकनको हबको रुपमा विकास गर्न सकिने विचार व्यक्त गर्नुभयो । मूर्हतको औपचारिक कार्यक्रमको सञ्चालन गर्दै थाहा कलाकेन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले स्थानीय कलाकारहरुलाई अवसर पनि रहेको बताउनु भयो ।

पूजाआजासहित थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले गर्नुभएको शुभमूर्हतमा फिल्मका प्रमुख कलाकार अशोक शिवाकोटी र मन्जु श्रेष्ठले मुहूर्त सट दिनुभयो । हिल्स होम थियटर एण्ड प्रोडक्सन हाउसको  ब्यानरमा निर्माण हुने टेलिफिल्मको छायाङ्कन थाहा नगरको डाडाघरे बाको होमस्टे वरपर हुनेछ । 

धारावाहिक टेलिफिल्म नलेखिएको कथामा असोक सिवाकोटी, स्नेहा क्षेत्री, राजन थापा, मन्जु श्रेष्ठ, राजकुमार ब्लोनलगायतका स्थानीय कलाकारहरुको अभिनय रहने निर्माण टिमले जनाएको छ । 

टेलिफिल्म नलेखिएको घाउमा जातिय छुवाछूतको कथा रहेको निर्देशक प्रभाकर देव शर्माले जानकारी दिनुभयो ।

टेलिफिल्ममा राजन थापाको कथा लेखन, ओम आवस्थीको छायाङ्कन,रुपा मानन्धरको श्रिङ्गार तथा रविन्द्र कुमार शाहीको मुख्य सहायक निर्देशन रहनेछ । 

समारोहमा थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछाने, सूचना अधिकृत सुरजकुमार भुजेल, थाहा फिल्म फेस्टिवलका सहसंयोजक राजिव कुमार स्याङ्तानलगायतका उपस्तिथिति रहेको थियो। 

Comments

KATHMANDU WEATHER