थाहानगर/६ फागुन
थाहा नगरपालिकाको आयोजनामा भएको दलित लक्षित अभिमुखीकरणमा शिक्षामा सहज पहुँच हुनु पर्ने चिन्तन गरिएको छ ।
आइतबार भएको दलित लक्षित कार्यक्रम सम्बन्धि समीक्षा तथा अभिमुखीकरणमा यस्तो छलफल भएको हो । कार्यक्रममा सहभागीहरुले माध्यमिक कक्षासम्म अध्ययनरत दलित समुदायका सम्पूर्ण बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गरिनुपर्ने, उच्च शिक्षा तथा प्राविधिक शिक्षा निःशुल्क र छात्रवृत्तिसहित अध्ययनको व्यवस्था गर्ने र दलित समुुदायले सञ्चालन गर्दै आएका पेसा तथा व्यवसायलाई आधुनिकीकरण गरी स्वरोजगारमुखी बनाउन नगरपालिकाले काम गर्नुपर्ने बताइएको हो ।
दलित समुदायलाई सामाजिक, सांस्कृतिक र आर्थिकरुपमा सबल बनाउनका लागि विनियोजन भएको बजेट सदुपयोग हुनुपर्ने सहभागीहरुको जोड थियो ।
थाहा नगरपालिका सामाजिक विकास समिति संयोजक दिनेश बलको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका निर्वाचित दलित प्रतिनिधिहरु र दलित अगुवाहरुको उपस्थिति थियो ।
कार्यक्रममा सामाजिक विकास शाखा अधिकृत अनिल लामिछानेले सहजीकरण गर्नु भएको थियो ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments