Byroad News

Loading...

अपराध न्यूनीकरणमा केन्द्रीत रहनेछु: प्रनि थापा


अपराध न्यूनीकरणमा केन्द्रीत रहनेछु: प्रनि थापा

थाहानगर/२९ भदौ

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्याम थापा मगरले आफ्नो कार्यकाल अपराध न्यूनीकरणमा केन्द्रीत रहने बताउनु भएको छ ।

सामुदायिक सेवा केन्द्र दामन पालुङले शुक्रबार आयोजित स्वागत तथा अन्तर्कृया कार्यक्रममा हालै सरुवा भई आउनु भएका प्रहरी निरीक्षक थापाले पुराना मुद्दा फस्यौटलाई प्राथमिकता दिदै अपराध न्यूनीकरणमा जोड दिने बताउनु भयो । थापाले गाउँगाउँबाट अपराधिक घटना हुनु भन्दा पहिले नै समाज सजग हुनु पर्ने र सम्भावित घटनाको पूर्व सूचना पाएमा प्रहरीलाई सहज हुने बताउनु भयो ।

सामुदायिकका अध्यक्ष धर्मलाल प्रधानको अध्यक्षता सञ्चालित कार्यक्रममा संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानले नागरिक स्थायी प्रहरी भएको हुँदा सबै सदस्यहरु क्रियाशील हुन सकेमा आधा अपराध यत्तिकै न्यूनीकरण हुने बताउनु भयो । सामुदायिक वा राजनीतिक हैसियतले अनावश्यक दबाब दिदा प्रहरीको मनोवल कमजोर हुने हुँदा सामुदायिक सेवा केन्द्रमा रहेका पदाधिकारीहरुले प्रहरीलाई दबाब दिई घटना मिलापत्र गराउनु भन्दा घटना हुनै नदिन सजग हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा थाहा नगर उद्योग वणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, सामुदायिकका उपाध्यक्ष कल्पना बलामी, अध्यक्ष धर्मलाल प्रधान, सचिव सानुकाजी गोपालीलगायतले बोल्नु भएको थियो ।

Comments

KATHMANDU WEATHER