Byroad News

Loading...

थाहानगर उद्योग वाणिज्य संघमा कसकसले नयाँ प्रवेश पाए?


थाहानगर उद्योग वाणिज्य संघमा कसकसले नयाँ प्रवेश पाए?

थाहानगर/२४ भदौ
थाहा नगर उद्योग वाणिज्य संघको प्रथम नगर अधिवेशनबाट लामो समयपछि ८ जना नयाँ अनुहारले  कार्यसमितिमा प्रवेश पाएका छन् ।

पदाधिकारीहरुमा सबैले पदोन्नती गरेर पुरानै अनुहार देखिएका छन् । अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहनु भएका  पुरुषोत्तम ढकाल अध्यक्ष हुनु भएको छभने उद्योगतर्फका उपाध्यक्ष शम्भु सिं कार्की वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत भएपछि सो पदमा सदस्य पदबाट सानुकाजी गोपालीले पदोन्नतिको अवसर पाउनु भयो । वाणिज्यतर्फका उपाध्यक्ष युगशेर विष्टले संघबाट बिदा लिनुभयोभने सो पदमा अघिल्लो कार्यकालका महासचिव सुरेन्द्रमान प्रधान सर्वसम्मत हुनुभयो । अघिल्लो कार्यकालभरि रिक्त रहेको वस्तुगत उपाध्यक्षमा नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ उत्तरी क्षेत्र समितिबाट राजेन्द्र विडारीले मौका पाउनु भएको छ ।

यसैगरी, महासचिवमा जर्मलाल श्रेष्ठले सुवर्ण अवसर पाउनु भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाटै छानिने व्यवस्था रहेको महासचिवमा पुराना अनुहारहरुबाट दाबी नरहेपछी श्रेष्ठले मौका पाउनु भएको हो । 

अघिल्लो कार्यकालका कोषाध्यक्ष भरत गोपाली थाहा नगरपालिकाको उपमेयर बन्नुभएपछि यो कार्यकालमा संघबाट बिदा लिनु भएको छ । सो पदमा अघिल्लो कार्यकालमा सचिव रहनु भएका प्रदिप प्रधान पदोन्नति हुनु भएको छ । सचिवमा सदस्य पदबाट श्रीराम कार्कीले पदोन्नती पाउनु भएको छ । सह-कोषाध्यक्षमा निरोज प्रधान निर्विरोध हुनु भयो । 

७ सदस्यीय वाणिज्य क्षेत्रका सदस्यहरुमा बलराम थापा, बिक्रम केसी, अञ्जल प्रधान पुरानै अनुहार हुन भने धर्मलाल प्रधान, ईश्वर कार्की, यादव जंग रायमाझी र जयराम खत्री के.सी.ले नयाँ प्रवेश पाउनु भएको छ ।

यसैगरी, ४ उद्योग क्षेत्रतर्फका सदस्यहरुमा आरती श्रेष्ठ, सुमन विष्ट, राजन प्रसाद ढकाल र हरेराम कार्की निर्विरोध हुनु भएको छ । श्रेष्ठ र विष्ट पुरानै कार्यसमितिका निरन्तर हुन् । ढकाल र कार्कीले नयाँ प्रवेश पाउनु भयो । 

संघको कार्यसमिति सदस्य (वस्तुगत) तर्फका पुराना अनुहार गोकर्ण बरुवालले यो कर्यकालमा रहर नगरेपछि सुबिन्द्रमान प्रधानले मौका पाउनु भयो । अघिल्लो कार्यकालमा रिक्त रहेको वाणिज्य सदस्य (महिला) आरक्षणमा यो पटक यशोदा अधिकारी निर्विरोध हुनु भएको छ । निर्वाचित अध्यक्ष ढकाललाई निर्वाचन अधिकृत विवेक मानन्धरले पद तथा गोपिनियताको शपथ गराउनु भयोभने अन्य सबैलाई अध्यक्ष ढकालले शपथ गराउनु भयो । समितिको पहिलो बैठकले विश्वनाथ रायमाझीलाई मनोनित गर्ने निर्णय समेत गरेको छ । रायमाझीले वाणिज्यतर्फ सर्वसम्मत गराउन उमेदवारी फिर्ता लिनु भएको थियो । अन्य २ सदस्य मनोनीत गर्न बाकी नै छ । कार्यसमिति गठन भएको २ महिना भित्र मनोनीत गरिसक्नु पर्ने वैधानिक व्यवस्था छ । 

Comments