थाहानगर/२० फागुन
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा विङ युथ र थाहा नगरपालिकाको संयुक्त आयोजनामा आगामी फागुन २४ र २५ गते थाहानगरको डाँडाबासमा नि:शुल्क स्वास्थ्य सिविर हुने भएको छ ।
सिविरमा महिला रोग विशेषज्ञहरु डा. बिना श्रेष्ठ, डा. अनुज बज्राचार्य, डा. शितल श्रेष्ठ, डा. पवन कार्कीले महिलाहरुको स्वास्थ्य परिक्षण गर्नु हुनेछ ।
सिविरमा नि:शुल्क स्वास्थ्य परिक्षण, पाठेघरको मुखको क्यान्सरसम्बन्धी चेकजाँच, पाठेघर खस्ने समस्याको चेकजाँच तथा कार्यशाला, भिडियो एक्स-रे सेवा दिइनेछ । विङ युथका अनुसार विरामीलाई आवश्यकता अनुसार नि:शुल्क औषधि वितरण समेत गरिनेछ ।
गएको इन्द्रायणी माईको जात्रामा विङ युथले 'फन राइजिङ' अन्तर्गत "आमालाई स्वस्थ र खुसी राख्ने अभियान" नारासहित म:म र योमरी बिक्री स्टल राखिएको थियो । सो स्टलबाट गरिएको आम्दानी र थाहा नगरपालिकाको आर्थिक सहयोगमा सिविर सञ्चालन गरिन लागेको विङ युथका कोषाध्यक्ष डा. गगन कार्कीले बताउनु भयो । सिविरबाट अस्पतालको पहुँच बाहिर रहेका महिलाहरुले लाभ लिने अपेक्षा गरेको छ ।
विङ युथले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रमहरु गरिदै आएको छ ।
यसैगरि, ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.ले नि:शुल्क महिला स्वास्थ्य सिविर गर्ने भएको छ । सहकारीले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा आगामी फागुन २४ गते स्त्री रोग सम्बन्धी सिविर सञ्चालन गरिन लागेको हो । सिविर सहकारीको सभाहलमा हुनेछ ।
-
1 day ago
युवा संघ थाहा नगर संयोजकमा थोकर
-
6 days ago
वार्षिक कार्ययोजना पास गर्यो थाहा एमालेले
-
1 week ago
डबल ब्याडमिन्टनको उपाधी नरेन्द्र र देवलाई
Comments