Byroad News

Loading...

चित्लाङ-चन्द्रागिरी सडकको स्तरोन्नति गरि थाहालाई भगिनी सहर बनाइनेछ: ढकाल


चित्लाङ-चन्द्रागिरी सडकको स्तरोन्नति गरि थाहालाई भगिनी सहर बनाइनेछ: ढकाल

थाहानगर/५ कात्तिक
नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ 'क' प्रदेश सभा सदस्य उमेदवार विष्णु प्रसाद ढकालले चित्लाङ-चन्द्रागिरी-थानकोट सडक नै थाहानगर विकासको मूख्य आधार रहेको बताउनु भएको छ ।

ढकालले थाहालगायत मकवानपुर उत्तरी क्षेत्रको समग्र विकासको ढोका नै सो बाटो भएको हुँदा अब सडकको स्तरोन्नति गरि थाहालाई काठमाडौंको भगिनी सहरको रुपमा विकास गरिने बताउनु भयो ।

एमाले थाहा ९ नम्बर वडा कमिटीको आयोजनामा शनिबार दिउँसो चित्लाङमा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उमेदवार ढकालले चित्लाङ-चन्द्रागिरी-थानकोट सडकको हालसम्मको स्तरोन्नति गर्ने काम एमालेकै अगुवाइमा भएको स्मरण गराउदै एमालेले मात्र विकासको निकास दिन सक्ने ठोकुवा गरे ।

चित्लाङलगायत थाहा नगरमा शिक्षा, स्वास्थ्य, सडकलगायतको विकासका पूर्वाधारहरुमा एमालेले अगुवाइ गर्दै आइरहेको बताउनु भयो ।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य बुद्धरत्न मानन्धर, बरिना बल, जिल्ला सदस्य तथा थाहानगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधान, कल्पना बलामी, हरि गोपाली, प्रदेश पर्यटन विभाग सदस्य बिमलकुमार ढकाल, नगर अध्यक्ष अचुतम प्रसाद ढकाल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय प्रचार विभाग सदस्य रुपेश श्रेष्ठ, नगर सचिव रामकृष्ण बस्नेत, उपसचिवद्वय उत्तम लामिछाने, सुजन रायमाझीलगायतको सहभागिता थियो ।

आजै थाहा ८ मोरिया र थाहा ३ डाडागाउमा पनि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको थियो ।

Comments

KATHMANDU WEATHER