थाहानगर/५ कात्तिक
नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ 'क' प्रदेश सभा सदस्य उमेदवार विष्णु प्रसाद ढकालले प्रदेश सरकार मार्फत युवा रोजगार तथा सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई महत्व दिएर काम गर्ने बताउनु भएको छ ।
एमाले थाहा ३ वडा कमिटीको आयोजनामा शनिबार बिहान भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उमेदवार ढकालले बेरोजगारी नै मूख्य समस्या रहेकोले प्रदेश सरकारले युवा लक्षित कार्यक्रमहरु तयार गरि गाउँगाउँमा पुर्याउने वचन दिए । ढकालले भन्नुभयो, 'एमाले सरकारले ल्याएका युवा लक्षित कार्यक्रमहरु वर्तमान सरकारले आफ्ना आसेपासेहरुलाई मात्र वितरण गरेको छ, काम नै नगरी कार्यकर्ताहरुले सरकारी पैसा झ्वाम बनाइरहेका छन् ।'
आफू यहि क्षेत्रको भएकोले साना साना आवश्यकताहरुको पहिचान गरि कार्यान्वयनमा जोड दिने बताउनु भयो । ढकालले प्रतिनिधि सभा सदस्यमा एमालेका युवा उमेदवार महेश बर्तौला र आफू मिलेर क्षेत्रको विकास गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि एमाले बागमती प्रदेश कमिटी सदस्य बरिना बलले अबको सरकारमा एमालेको बिकल्प नरहेको बताउदै सुखी नेपाली समृद्ध नेपालको परिकल्पना साकार पार्न सबैले सूर्य चिन्हमा मतदान गर्नु पर्ने बताउनु भयो ।
वडा कमिटीका अध्यक्ष केदार विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य श्यामभक्त श्रेष्ठ, जिल्ला सदस्य तथा थाहानगर सह-इञ्चार्ज सुरेन्द्रमान प्रधान, प्रदेश पर्यटन विभाग सदस्य बिमलकुमार ढकाल, पार्टी जिल्ला सदस्य शिवराम थापा, नगर अध्यक्ष अचुतम प्रसाद ढकाललगायतको सहभागिता थियो ।
आजै थाहा ८ मोरिया र थाहा ९ चित्लाङमा पनि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिदैछ ।
-
1 day ago
युवा संघ थाहा नगर संयोजकमा थोकर
-
6 days ago
वार्षिक कार्ययोजना पास गर्यो थाहा एमालेले
-
1 week ago
डबल ब्याडमिन्टनको उपाधी नरेन्द्र र देवलाई
Comments