थाहानगर/१ कात्तिक
मकवानपुर क्षेत्र नम्बर २ 'क' प्रदेश सभा सदस्यका उमेदवार बिष्णु प्रसाद ढकालले आफू निर्वाचित भए सिङ्गो भूगोलका जनता निर्वाचित हुने बताउनु भएको छ ।
मंगलबार नेकपा एमाले थाहा नगरपालिका २ नम्बर वडा कमिटीको आयोजनामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उमेदवार ढकालले आफू सम्बन्धित भूगोलकै भएको हुँदा यहाँको विकासमा प्रत्यक्ष भूमिका रहने बताउनु भयो ।
ढकालले २०५० सालको बाढीपहिरोले थाहानगर आसपासका क्षेत्रमा पुर्याएको क्षतिको मूल्यांकन हालसम्म नभएकोमा दु:ख व्यक्त गर्दै आफू प्रदेश सभा सदस्य भएपछि सूक्ष्म ढंगले काम गर्ने बताउनु भयो । ढकालले भन्नुभयो, 'म जित्नु भनेको तपाईंहरु जित्नु हो, म कुनै पनि गुनासो आउन दिने छैन ।'
कार्यक्रममा एमाले पर्यटन विभाग बागमती प्रदेश कमिटीका सदस्य बिमलकुमार ढकाल, नगर अध्यक्ष अचुतम प्रसाद ढकाललगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरुसङ्ग अन्तर्कृयात्मक छलफल समेत भएको थियो ।
-
1 day ago
युवा संघ थाहा नगर संयोजकमा थोकर
-
6 days ago
वार्षिक कार्ययोजना पास गर्यो थाहा एमालेले
-
1 week ago
डबल ब्याडमिन्टनको उपाधी नरेन्द्र र देवलाई
Comments