थाहानगर/२८ असोज
आशन्न निर्वाचनका लागि नेकपा एमालेका प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले स्थानीय निर्वाचनका प्रत्यासी उमेदवारहरुलाई घोषणा पत्र सुरक्षित राख्न आग्रह गर्नु भएको छ ।
शुक्रबार मकवानपुर २ नम्बरको क अन्तर्गतको निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन कार्यक्रममा उमेदवार बर्तौलाले आउदो निर्वाचनमा एमालेको जित सुनिश्चित भएको भन्दै स्थानीय निर्वाचनमा पराजित भएका प्रत्यासीहरुले जनतासङ्ग बाचा गरेका कामहरु अब प्रदेश र संघीय सरकार मार्फत पूरा गरिने बताउनु भयो ।
बर्तौलाले आफू निर्वाचित भएपछि पनि भूगोलमै रहेर जनताका दु:ख सुखमा सधैं सामेल हुने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सल्लाहकार तथा बागमती प्रदेशका प्रथम मूख्यमन्त्री डोरमणी पौडेलले ५० वर्षमा पनि कसैले गर्न नसकेका कामहरु एमालेले गरेको हुँदा कामहरुको फेहरिस्त लिएर जनताका बीचमा जान आगह गर्नुभयो ।
जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक अनन्त पौडेलले केन्द्रीय नीति अनुसार एक सदस्यले पाँच भोट सुरक्षित गरि २ मत बढाउने रणनीति अनुसार काम गर्न आग्रह गर्नुभयो ।
प्रदेश निर्वाचन कमिटी क का अध्यक्ष बलराम बलको सभाध्यक्षतामा भएको कार्यक्रमले विभिन्न कमिटीहरु गठन गरेको छ । कार्यक्रमले बिदुर हुमागाईको संयोजकत्वमा आर्थिक कमिटी, सुरेन्द्रमान प्रधानको संयोजकत्व प्रचार प्रसार कमिटी, बिजयश्याम अमात्यको संयोजकत्वमा निर्वाचन साँस्कृतिक कमिटी गठन गरेको छ ।
कार्यक्रमसहित भएको बैठकले तिहार अघिसम्मको कार्यतालिका पनि निर्माण गरेको प्रदेश क का सचिव पार्वती रानाले बताउनु भयो ।
-
1 day ago
युवा संघ थाहा नगर संयोजकमा थोकर
-
6 days ago
वार्षिक कार्ययोजना पास गर्यो थाहा एमालेले
-
1 week ago
डबल ब्याडमिन्टनको उपाधी नरेन्द्र र देवलाई
Comments