Byroad News

Loading...

थाहामा पहिलो पटक वीच भलिवल हुने


थाहामा पहिलो पटक वीच भलिवल हुने

सानोबाबु मुक्तान/थाहानगर/१३ भदौ
मकवानपुरको थाहा नगरपालिकामा पहिलो पटक वीच भलिवल हुने भएको छ । 

थाहा कला केन्द्रले थाहा नगरमै पहिलो पटक वीच भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको हो । केन्द्रले थाहा नगर भलिवल संघसङ्गको समन्वयमा प्रतियोगिताको आयोजना गर्न लागेको हो । 

थाहा नगरमै पहिलो पटक हुन लागिरहेकोले प्रतियोगितालाई रोमान्चक रुपमा हेरिएको छ । केन्द्रले आज यसै वीच भलिवल प्रतियोगिताको बारेमा तथा सिंगो नगर भलिवल विकासका बारेमा थाहा नगरपालिकाका जनप्रतिनिधि, दलका स्थानीय नेता तथा सम्बन्धित खेलाडीहरुबीच अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । 

भलिवल संघका अध्यक्ष वसन्त गोपालीको सभाध्यक्षमा थाहा नगरपालिका शिखरकोटको शंकर होटलमा भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख भरत गोपाली, नगर खेलकुद विकास संयोजक तथा वडा नं. १२ का वडा अध्यक्ष टिकाराम स्याङ्तान, वडा नं. २ का वडा अध्यक्ष बमबहादुर सिन्तान, वडा नं. ४ का अध्यक्ष नारायण बहादुर लामा, खेलकुद विकास समिति थाहा नगरका पूर्व संयोजक राजेश केसी, जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्की , सहायक प्रधानाध्यापक मनोज रायमाझी, सोहि विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तान, थाहा ८ स्थित ईन्द्रायणी माविका अध्यक्ष सुमन कार्की, नेपाल गोजुरियो कराँते प्रशिक्षक मानसिं दोङ, थाहापाटीका कार्यकारी सम्पादक शम्भु अधिकारी, तामाङ घेदुङ नगर अध्यक्ष दिपेन्द्र कुमार थिङ, नेकपा माओवादी केन्द्र थाहा नगर कमिटी अध्यक्ष विनोद कुमार लामा र नेकपा एमाले नगर कमिटी अध्यक्ष अचुतम प्रसाद ढकालको उपस्थिति रहेको थियो । प्रतियोगितामा प्रथम हुने जोडिले नगद रु.५० हजार, द्धितिय हुनेले २५ हजार र तृतिय हुने जोडिले १० हजार रुपैयाँ शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले प्रोत्साहन स्वरुप नगद ५ हजार रुपैयाँ र अनुशासित टिमले समेत ५ हजार रुपैयाँ पुरस्कार पाउने मुक्तानले जानकारी दिनुभयो । थाहा नगरपलिका वडा नं. ३ स्थित जनकल्याण माध्यामिक विद्यालयमा हुने प्रतियोगिता विजया दशमीको अवसर पारी आउँदो असोज १४ गतेबाट सुरु भई १७ गते सम्पन्न हुने थाहा नगर भलिवल संघका सचिव सुजन बस्नेतले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER