Byroad News

Loading...

भोलिदेखि मकवानपुरका सबै स्थानीय तहबाट पासपोर्टका लागि अनलाइन फारम भर्न सकिने


भोलिदेखि मकवानपुरका सबै स्थानीय तहबाट पासपोर्टका लागि अनलाइन फारम भर्न सकिने

हेटौंडा/२३ असार
भोलि शुक्रबारबाट मकवानपुरको १० वटै स्थानीय तहमा विद्युतीय पासपोर्ट (इ–पासपोर्ट) को लागि निःशुल्क रुपमा अनलाईन फारम भर्न सकिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा इ–पासपोर्टको लागि अनलाइन फारम भर्नेको भीडभाड बढेको र साईवरहरुले मनलाग्दी पैसा लिएर फारम भरिरहेको गुनासो आएपछि स्थानीय तहहरुको सहयोग र समन्यमा स्थानीय तहमै इ–पासपोर्टको लागि निःशुल्क रुपमा अनलाइन फारम भर्ने व्यवस्था मिलाईएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिए ।

आज कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रजिअ पाण्डेले भोलिबाटै जिल्लाको स्थानीयतहमा निःशुल्क रुपमा इ–पासपोर्टको लागि अनलाइन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउन सकिने बताए । उनले जिल्लामा इ–पासपोर्टको लागि दैनिक ९० जना र सातामा ५४० जनाले फारम भर्न सकिने बताउँदै शुक्रबार समयमै स्थानीय तहको कार्यालयमा पुगेर फारम भर्न सकिने बताए ।

‘ईन्टरनेटको पहुँच भएकाहरुले घरबाटै फारम भर्न सकिन्छ । ईन्टरनेटको पहुँच नभएकाहरुलाई अब जिल्ला प्रशासन कार्यालयसम्म फारम भर्नकै लागि आउनु पर्दैन् । प्रजिअ पाण्डेले भने, 'आफ्नै स्थानीय तहमै निःशुल्क रुपमा अनलाइन फारम भर्न सकिन्छ ।’ प्रजिअ पाण्डले गएको असार २१ गते जिल्लाको १० वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुसंग बैठक बसेर स्थानीय तहबाटै इ–पासपोर्टको लागि अनलाईन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउनको लागि वातावरण मिलाइएको बताए ।

पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयमा इ–पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिडभाड बढिरहेको छ ।

Comments