Byroad News

Loading...

भ्यालीहार्टको कार्यशाला गोष्ठी सम्पन्न


भ्यालीहार्टको कार्यशाला गोष्ठी सम्पन्न

थाहानगर/१८ असार
थाहानगरस्थित पालुङ भ्याली हार्ट एकेडेमीले शनिबार कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

होटल पाइनसमा भएको गोष्ठीमा स्कुलका विभिन्न विभागीय क्याप्टेनहरु र सदन शिक्षकहरुको सहभागिता थियो । गोष्ठीमा विद्यार्थीहरुले पालना गर्नु पर्ने आचार संहिता निर्माण गर्दै क्याप्टेन तथा सदन शिक्षकहरुको दैनिक भूमिकाका विषयमा छलफल भएको थियो ।

विद्यालयका प्रिन्सिपल सुरेन्द्रमान प्रधान, बिद्यालय संयोजक सरु पौडेल, शिक्षक संयोजक पर्वत राज सेवा, अफ्रिकन शिक्षक गर्चवेन एर्भोन म्याथुले सहजीकरण गरेका थिए । 

गोष्ठीमा क्याप्टेन र सदन शिक्षकसहित २७ जनाको सहभागिता थियो । 

Comments

KATHMANDU WEATHER