Byroad News

Loading...

सहिद सुनिता स्मृतिको उपाधि आयोजकलाई


सहिद सुनिता स्मृतिको उपाधि आयोजकलाई

थाहानगर/१५ चैत्र
थाहा नगरको बज्रबाराही चौरमा आज भएको सम्पन्न सहिद सुनिता स्मृति जिल्ला स्तरीय भलिबलको उपाधि आयोजकले हात पारेको छ । 

आज भएको फाइनल खेलमा तलेजु युवा क्लब चित्लाङ्गलाई ३-१ को सेटले हराउदै आयोजक सहिद सुनिता स्मृति प्रतिष्ठानले उपाधि जितेको हो । उपाधिसंगै बिजेता टोलीले नगद ५१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छभने उपबिजेता तलेजुले नगद २६ हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । तेस्रो हुने आग्रा स्पोर्ट्सले १३ हजार र सान्त्वना हुने कोटडाडा युवा क्लबले नगद ५ हजार हात पार्यो। 

विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुमा आयोजक टिमका बेस्ट सटर बलराम सुवेदी, आयोजक टिमकै राजकुमार कर्मचार्य बेस्ट बल्कर भए । त्यस्तै बेस्ट स्पाइकर तलेजु युवा क्लबको मनिष तामाङ, बेस्ट डिफेन्स तलेजुकै बुद्धि दङ्गाल र उदयमान खेलाडी कोटडाडा युवा क्लबका आकाश कर्मचार्य हुन सफल भए ।

गत चैत १२ गतेदेखि संचालन भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो । सहिद सुनिता गोपालीको ४० ओैं जन्मजयन्तीको अवसरमा सम्पन्न प्रतियोगिताको समापन समारोह प्रतिष्ठानका अध्यक्ष शुवर्ण गोपालीको सभापतित्व तथा बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीको बिशेष आतिथ्यतामा सप्पन्न भएको हो।

Comments

KATHMANDU WEATHER